नक्कली चुरोटको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

नक्कली चुरोटको बिगबिगी

thuta churot

काठमाडौं, ६ कात्तिक । सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।

नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।

नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन। तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

धनुषामा सबैभन्दा बढी नक्कली चुरोट भित्रिएको र दुई महिनाभित्र करिब डेढ करोडको कारोबार भएको भण्डारीले जानकारी गराए। ‘व्यापारीलाई सस्तो पर्ने तर, खुकुरी र शिखरकै मूल्यमा सर्वसाधारणलाई बेच्ने काम भइरहेको छ’, भण्डारीले भने, ‘सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि बलेकियालाई कार्बाही गरिएन भने हाम्रो व्यवसाय नै धराशयी हुन्छ।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);