द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्‍याउने बिषयमा शीर्ष नेताबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्‍याउने बिषयमा शीर्ष नेताबीच छलफल

काठमाडौं, ४ कात्तिक । माओवादी द्वन्द्वकालीन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन बसेको प्रमुख राजनीतिक दलहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुबीच भएको छलफल विना निष्कर्ष सकिएको हो ।

छलफलमा सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकका बारेमा सामान्य छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको बताइएको छ । सोमबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल काँग्रेस सभापति शेरबहादुर देउवा, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी रहनु भएको जनाइएको छ ।

सत्यनिरुपण तथा वेपत्ता आयोगमा पदाधिकारी नियुक्ती नहुँदा ती दुवै आयोगको काम कारवाही ठप्प जस्तै बनेको छ ।