काठमाडौं, ४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानींमा उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल पछाडि परेको भन्दै युवाहरुलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिकीकरण र आधुनिकिकरण गर्नु पर्ने भन्दै खोज अनुसन्धानमा युवाहरुलाई अभिप्रेरीत गर्नु पर्ने बताउनुभयो ।
उहाँले युवाहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा आकर्षित गरी दक्ष जनशक्ति उत्पादन गर्न राज्यले पहल गर्ने पनि बताउनुभयो । सम्मेलन ३ दिनसम्म चल्ने छ ।