मन्त्रीमण्डल फेरबदलले जनताले दिएको बहुमतको कदर नहुने हो की ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

मन्त्रीमण्डल फेरबदलले जनताले दिएको बहुमतको कदर नहुने हो की ?

काठमाडौं, १ कात्तिक । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भित्री रुपमा मन्त्रीमण्डल फेरबदलको गृहकार्य गरेको सुचना बाहिरीएका छन् । तर मन्त्रीमण्डल फेरबदलको औपचारीक जानकारीहरु प्रधानमन्त्री साथै सत्तारुढ दलबाट आइसकेको छैन । मन्त्रीमण्डल गठन भएको करिब २ वर्ष पुग्न लाग्दा मन्त्रीमण्डल फेरबदलको चर्चा चलेको हो । पाँच वर्षसम्म काम गर्ने समय पाएर मन्त्रालय सम्हालीरहेका मन्त्रीहरुलाई यसरी बिच बिचमा फेरबदल गर्दा स्थीर सरकारको चाहनामा जनताले दिएको दुईतिहाई बहुमतको कदर नहुने हो की भन्ने एकथरीको विश्लेषण छ ।

दुई तिहाईको बहुमतले बनेको बर्तमान सरकारलाई ५ वर्षका लागी स्थायी सरकार मानिएको छ । तर सरकारका काम र गतिविधीले भने सरकारलाई अस्थिर बनाउनुका साथै स्पष्ट खाकाका साथ अगाडी बढ्न नसकेको आलोचना पनि बेलाबेलामा हुने गरेको छ । सरकारको कामलाई प्रभावकारी र लक्ष्यउन्मुख बनाउन स्थीर मन्त्रीमण्डल आवश्यक पर्दछ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल फेरबदलको गृहकार्य गरीरहेको चर्चा चुलीएको छ । दुई वर्ष नबित्दै फेरी मन्त्रीमण्डल फेरबदलको चर्चा चल्नुले जनताले दिएको दुई तिहाई मतको औचित्य नहुने होकी भन्ने आमसर्वसाधारणको आशंका छ ।

मन्त्रीमण्डलमा रहेका कतिपय मन्त्रीहरुको काम प्रधानमन्त्रीको कार्ययोजना अनुरुप अगाडी बढ्न नसकेको भनेर आलोचना पनि भइरहेको छ । मन्त्रीहरुको कार्यमुल्याङ्कनमा अपेक्षाकृत काम गर्न नसकेको भन्ने प्रधानमन्त्री ओलीको गुनासो समेत समय समयमा आइरहेको छ । जसले गर्दा पनि मन्त्रीमण्डल फेरबदल हुन लागेको अनुमान गर्न सकिन्छ । जनअपेक्षा अनुरुप काम गर्न नसकेको बर्तमान अवस्थामा मन्त्रीमण्डल फेरबदल गरेर सरकारका कमजोरी ढाकछोप गर्न खोजेको विश्लेषण गरीएको छ ।

आमसर्वसाधारणदेखि बुद्धिजिवीले मन्त्रीमण्डल फेरबदल गर्ने विषयको आलोचना गरीरहँदा सत्तारुढ दल नेकपाका नेताहरु भने कामको मुल्याङ्कनका आधारमा प्रधानमन्त्रीले मन्त्रीमण्डल फेरबदलको आवश्यकता महसुश गर्न थालेको बताउछन् । उनीहरुले अझै सक्षम मन्त्री आउन सक्ने हुनाले मन्त्रीमण्डल फेरबदलले सरकारका कामलाई असर नपार्ने तर्क गर्दछन् ।

मन्त्रीमण्डल फेरबदलको अधिकार प्रधानमन्त्रीमा निहित छ । तर व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागी पटक पटक मन्त्रीमण्डल फेरबदल हुँदा मन्त्रीहरुले ल्याएका विभिन्न योजनाहरु बिचमा नै अन्यौल पर्न सक्छन् । ५ वर्षका लागी स्थायी मानिएको बर्तमान सरकारले २ वर्ष पुरा गर्न लागेको छ । अब बाँकि ३ वर्ष पनि सत्तारुढ पार्टी भित्रको आन्तरीक भागबन्डा मिलाउनका लागी मन्त्रीमण्डल फेरबदलमा नै खर्चिने हो भने यसले कस्तो परिणाम दिन्छ यसमा प्रधानमन्त्री साथै सत्तारुढ दल गम्भिर हुनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);