दुई अर्ब लागतमा कागज उद्योग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

दुई अर्ब लागतमा कागज उद्योग

kagaj uddhog

काठमाडौं, ३० असोज । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ ।

मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);