समृद्धिका लागि सबै राजनीतिक दलहरु मिलेर काम गर्नुपर्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

समृद्धिका लागि सबै राजनीतिक दलहरु मिलेर काम गर्नुपर्छ : कमल थापा

kamal thapa

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्बर्द्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पार्नु भयो ।

सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मुलुक, प्रजातन्त्र र जनताको हितका निम्ति पनि राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने पनि बताउनु भयो ।

अध्यक्ष थापाले दसैं, तिहारको अवसर पारेर सबै राजनीतिक दलहरुलाई शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेको भन्दै सत्तारुढ नेकपाप्रति आभार पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);