खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल : एक अर्ब ६७ करोड घोटाला | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

काठमाडौँ, २७ भदौ । नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ।

निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो ।

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल
जग्गा खरिदमा करिब एक अर्ब ६७ करोड घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ।

इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महंगो मुल्यतिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);