सुन तस्करीका मुख्य नाइके माओवादी नेता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

काठमाडौं, २७ भदौ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन् । दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन्।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।

उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।

सीआईबीले पौडेल र खड्कासँगको समन्वयमा नेपालमा सुन तस्करी गर्दै आएका केही चिनियाँ तस्करको समेत पहिचान गरेको छ । उनीहरूको राहदानीको प्रतिलिपिसमेत फेला परेको छ । उनीहरूलाई इन्टरपोललगायत च्यानलको सहयोगमा कारबाहीको दायरामा ल्याउन सीआईबी लागिपरेको स्रोत बताउँछ ।

तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ ९हाल भोटेकोसी गाउँपालिका–४० का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गरेका थिए । उनको व्यापारिक र सम्पत्ति आर्जनलाई जानकारहरूले असामान्य मान्दै आएका छन् । उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);