महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

mahara adalat

काठमाडौं, २८ असोज । बलात्कारको आरोपमा पक्राउ पर्नु भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको ईजलासले महरालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो । गत असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि पक्राउ पर्नु भएको थियो ।

यसअघि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । तर मंगलबार ३ दिन म्याद थप गरिएको हो । जस अनुसार निर्वमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहनु हुनेछ ।

यो अवधिमा प्रहरीले उहाँसँग बयान लिनेछ । सो अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरी अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);