एजेन्सी, २६ असोज । जापानमा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति पु¥याएको छ । आँधीका कारण भीषण वर्षा हुनुका साथै कतिपय स्थानमा बाढी गएको छ । हालसम्म ११ जनाको मृत्यु हुनुका साथै ५० हजार मानिसहरु विस्थापित भएकोे अधिकारीले पुष्टि गरेका छन् ।
जापानी संचामाध्यमका अनुसार १० औं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । जापानको जलवायु निकायका अनुसार आँधीसँग १८० किलोमिटर प्रतिघण्टाको हावाहुरीले थप वर्षा तथा बाढी निम्त्याउन सक्ने जनाएका छन् । भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित हुनुका साथै कयौं उडानहरू रद्द भएका छन् भने रेल सेवा बन्द छ ।
आँधी प्रभावित मानिसलाई विभिन्न अस्थायी शिविरमा राखिएको छ । कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना जारी गरिसकेको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधी सन् १९५९ यताकै शक्तिशाली हो ।