कांग्रेस सांसद आलम पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

कांग्रेस सांसद आलम पक्राउ

afatab aalam

रौतहट, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अफताव आलम रौतहटबाट पक्राउ परेका छन् । २०६४ सालको बमकाण्डमा संलग्न रहेको भन्दै आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए । आलम कांग्रेसका पूर्व जिल्ला सभापति र बनमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।