तेजना पण्डित
काठमाडौं, २४ असोज । २३ बर्षपछि चीनका राष्ट्रपति सी जीनपिङको शनिवार नेपालको राजकीय भ्रमण हुँदैछ । भ्रमणलाई ऐतिहासिक बनाउन सरकार लागिरहेको छ । सरकार मात्र होइन अहिले नेपालका सबै राजनीतिक दलदेखि विज्ञहरु यसलाई सफल र ऐतिहासिक बनाउन जोड गरिरहेका छन् र सरकारलाई सुझाव दिइरहेका छन् ।
विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्र चीनका राष्ट्र प्रमुखको भ्रमणका वेला दुरगामी महत्व राख्ने ऐजण्डामा छलफल गरी भ्रमणलाई ऐतिहासिक बनाउन सरोकारवालाहरुको सुझाव रहेको छ ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तालिका सार्वजनिक भएसँगै दुइ देश बिचको मित्रतालाइ लिएर आम नागरिकदेखी राजनीतिक बृतमा चर्चाको बिषय बनेको छ । चिनका राष्ट्रपति सि जीन पिङको दुइ दिने भ्रमणले नेपाल र चीन बिचको मैत्री संबन्धलाई उच्च स्तरमा लैजाने समेत अपेक्षा गरिएको छ ।
वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई समेत सफल पार्न यो भ्रमणले सहयोग पु¥याउने अपेक्षा समेत गरिएको छ । राष्ट्रपति सीको भ्रमणका अवसरमा थप नाका खोल्ने, रसुवागढी किमाथांका, इनर्जी ,सडक, ऐवरवेज, मिडीया लगाएतका कनेक्टिभिटी, उच्च स्तरिय शिक्षा, पर्यटन लगाएतका ऐजेण्डामा छलफल र संझौता हुने अपेक्षा गरिएको छ ।
भ्रमणलाई ऐतिहासिक बनाउनका लागी उहाँको भ्रमणका अवसरमा भएका संझौताहरुलाई आगामि दिनमा प्रभाबकारी कार्यान्वयन गर्नतर्फ लाग्न सक्नुपर्ने पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको सुझाब छ ।
बर्तमान सरकारले दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई मात्र महत्व दिने हिसाबले भन्दा पनि राष्ट्रको हितमा अघि बढाउन सक्नेतर्फ लाग्नुपर्ने प्रतिपक्षी दलका नेताहरु बताउँछन् ।
सरकारले यस अघि भएका संझौताहरुको कार्यान्वयनतर्फ ध्यान दिँदै व्यापार घाटा घटाउनतर्फ लाग्नु पर्ने छ । त्यसैले पनि कुनैपनि क्षेत्रमा दुरगामी महत्वका सन्धि संझौता गर्दा देशको आवस्यकतालाई हेरी आगामी दिनमा आउने अन्य सरकारले पनि स्वामित्व लिनसक्ने तर्फ लाग्नुपर्ने प्रमुख प्रतिपक्षी दलका नेता डा.नारायण खड्काको सुझाब छ ।
सरकारले स साना कुरामा अल्झिन भन्दा पनि नेपालले चिनबाट कृषिमा उच्च स्तरको कृषि प्रविधि भित्राउन सक्नुपर्ने, चिनियाँ लगानी भित्राउनका लागी सरकार अग्रसर हुनु पर्ने र चिन देखी लुम्बीनीसम्म रेलवे सेवा बिस्तार गर्नुका साथै शिक्षा, स्वास्थ्य, व्यापार लगाएतका दुरगामी महत्वका क्षेत्रमा नेपालले जोड दिनुपर्ने परराष्ट्रबिद्हरुको सुझाव छ ।
चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । त्यस्तै प्राथमिकता चीनले पनि दिएको छ । नेपालले यो भ्रमणलाई ऐतिहासिक बनाउने भन्नु र चीनले पनि नेपाल–चीन सम्बन्ध दुई दाजुभाई बीचको जस्तै भन्नुले दुई देश बीचको सम्बन्धको प्रगाढतालाई दर्शाउँछ ।
दुई देशबीचको सम्बन्ध प्रगाढ र मित्रतापूर्ण त छँदैछ । यसलाई दुबै देशको हितमा हुने गरी कसरी उपलव्धीमूलक बनाउने भन्ने सवाल अहिले प्रमुख छ । नेपालले आफ्नो हितलाई हेर्ने हो भने चीनमा भइरहेको चमात्कारिक विकासलाई नेपाल भित्र्याउने वातावरण यो भ्रमणबाट बनाउन सक्नुपर्ने विज्ञहरुको सुझाव छ ।