अमेरिकाभरि दूतैदूत | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अमेरिकाभरि दूतैदूत

nepalamerica

काठमाडौं, १८ असोज । अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस’ सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छु’, उनले भने, ‘यो अभियानमा कुनै प्रकारको आर्थिक वा अन्य सहयोग सरकारबाट लिएको छैन ।’ विशुद्ध लोकगायकको आमचिनारी भए पनि महत आफूलाई राजदूतसरह परिचय गराइरहेका हुन्छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,’ रिमालले कान्तिपुरसँग भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् ।’

नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्ने’ जस्ता सर्तराखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,’ रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);