कालरात्री माताको पूजा आराधना सहित आज घरघरमा फूलपाती भित्र्याइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कालरात्री माताको पूजा आराधना सहित आज घरघरमा फूलपाती भित्र्याइँदै

fulpati

काठमाडौं, १८ असोज । हिन्दू नेपालीहरुको महान चाड बडादसैंको सातौं दिन, आज प्रत्येक नेपालीका घरघरमा फूलपाती भित्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ ।

आज कालरात्रि देवीको पूजा आराधना समेत गर्ने गरिन्छ । कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);