काठमाडौं, १७ असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ। यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन्।
विशेष गरी आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिकाले बाटो सफा गर्न शुरू गरिसकेको छ। सरकारले नेपाल टेलिकमलाई तार व्यवस्थापन गर्न निर्देशनन दिएको छ। विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी, नेपाल खानेपानी संस्थानलगायतका निकायलाई कामको जिम्मेवारी दिइसकेको छ। प्राधिकरणले अव्यवस्थित बिजुलीको तार र पोल व्यवस्थापन गर्न थालेको छ। सी २४ घन्टा नेपाल बस्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीको स्वागत गर्न राजधानीका करिब ४० वटा स्वागतद्वार निर्माण हुनेछन्।
राष्ट्रपति सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागतद्वार निर्माण गर्नेछन्। राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, खाद्य संस्थान, स्ट्यान्डर चार्टड बैंकलगायत निकायले स्वागतद्वार निर्माण गर्नुपर्नेछ। भ्रमण गर्ने रुटमा बाटो सफा गर्ने, जेट मेसिनले बाटो पखाल्ने, बु्रमर लगाउने, आइल्यान्ड मर्मत गर्ने र फूलसहितको गमला राख्ने, आकाशेपुलमा विशेष सजावट गर्ने, बाटोको डिभाइडर खाली गर्ने, जेब्राक्रस र रेलिङ्मा रङ लगाउनेलगायतका महŒवपूर्ण काम धमाधम भइरहेका छ। अधिकांश सजावट गर्ने काम रातभर हुँदै छ। यो समाचार आजको नेपाल समाचार दैनिकमा लेखेको छ ।