काठमाण्डौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका छन्।
जसमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा तीन मन्त्री थपिएका छन् ।
विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापाले राष्ट्रपति भवन शीतलनिवासमा आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन्।
त्यस्तै, उद्योग राज्यमन्त्रीमा रेशम लामाले आज नै सपथ लिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। योसँगै शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल हो ।