प्रहरीले आफ्नो काम गर्ने शैलीमा सुधार गर्न महानिरीक्षकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

प्रहरीले आफ्नो काम गर्ने शैलीमा सुधार गर्न महानिरीक्षकको निर्देशन

काठमाडौं, १४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उहाँले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताउनु भयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराउनु भयो ।

सो भवनमा अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको छ । डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ । प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);