एजेन्सी, १३ असोज । साउदी अरबमा युवराज मोहम्मद बिन सलमानले विश्वले इरानको आतंककारी गतिविधि नरोके इन्धनको मुल्य अकल्पनीय रुपमा बढ्ने चेतावनी दिएका छन् ।
साउदी इन्धन केन्द्रमा आक्रमण गर्ने इरानको गतिविधि बन्द नभए युद्धको स्थिती आउन सक्ने भन्दै युवराज मोहम्मद बिन सलमानले त्यो अवस्थामा विश्वको अर्थतन्त्र नै तहस नहस हुने चेतावनी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । २ साता अघि साउदी अरबको इन्धन केन्द्रमा इरानले नै आक्रमण दावी गर्दै युवराज मोहम्मद बिन सलमानले तेहरानबाट अझै आक्रमण हुन सक्ने बताए । अमेरिकी सि बी एस न्युसंगको अन्तरबार्तामा उनले पत्रकार जमाल खागोसीको हत्यामा आफुले नैतिक जिम्मेवारी लिने स्पष्ट गरे। खागोसीको हत्या गर्न आफुले निर्देशन नदिएको युवराज बिन सलमानको भनाइ छ ।