गच्छदार समूहलाई उपसभापतिसहित ११ सदस्य | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

गच्छदार समूहलाई उपसभापतिसहित ११ सदस्य

Bijaya Gachhadar

काठमाडौं, ११ असोज । कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरण गरेको दुई वर्षपछि सांगठनिक संरचना समायोजन गरेको छ । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले गच्छदार समूहलाई केन्द्रीय कार्यसमितिमा एक उपसभापतिसहित ११ सदस्य छुट्ट्याउँदै समायोजन टुंग्याएको हो ।

बैठकमा पार्टी उपसभापति एवं तत्कालीन फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको समायोजनका लागि गठित कार्यदलका संयोजक विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच भएको सहमतिअनुसार समायोजन प्रस्ताव राखेका थिए । त्यसलाई बैठकले सर्वसम्मत पारित गरेको हो । कांग्रेस र फोरम लोकतान्त्रिकबीच ०७४ असोज २९ गते एकीकरण भएको थियो । गच्छदार यसअघि नै उपसभापति भए पनि तत्कालीन फोरम लोकतान्त्रिकका अन्यको जिम्मेवारी तोकिएको थिएन ।

गच्छदार समूहले गत पुसमा सम्पन्न महासमिति बैठकमै २ जना महासमिति सदस्य पाएको थियो । बैठकले ६ सयलाई महाधिवेशन प्रतिनिधि बनाउने, मोरङ, सुनसरी, कैलाली, बर्दिया, सप्तरी, सर्लाही, दाङ, पर्सा, झापा, बाँके र बारामा उपसभापतिसहित क्रियाशील सदस्यता र प्रभावका आधारमा अन्य पदाधिकारी र सदस्य संख्या तय गरेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);