एकता प्रक्रिया टुंगोमा नपुग्दा कांग्रेसमा गच्छदार निकट कार्यकर्ता निरास | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

एकता प्रक्रिया टुंगोमा नपुग्दा कांग्रेसमा गच्छदार निकट कार्यकर्ता निरास

bijay kumar gachchaadhar,

तेजना पण्डित
काठमाडौं, १० असोज । निर्वाचनअघि विजयकुमार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग पार्टी एकिकरण गरेर निर्वाचनमा गएको थियो । पार्टी एकताका बेला भएको सहमती अनुसार बिजयकुमार गच्छादार हाल उपसभापति समेत हुनुहुन्छ ।

तर पार्टी एकिकरण भएको करिब २ बर्षसम्म पनि केन्द्र देखी स्थानीय तहसम्म उहाँका नेता तथा कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारी बाँडफाँड हुन सकेको छैन । शिर्ष नेतृत्वले समायोजनमा ध्यान दिन नसक्दा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरु निराश भएका छन् ।

२०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग एकीकरण गरेर निर्वाचनमा गएको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता असोज दोश्रो सातासम्म आइपुग्दा पनि कार्यान्वयन नभएको भनेर कार्यकर्ताहरु निराश बनेका छन् ।

गच्छेदार नेतृत्वको पार्टी कांग्रेसमा विलय भएपछि फोरमका नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् ।

बिजयकुममार नेतृत्वको तत्कालीन लोकतान्त्रीक फोरमका करिब २५ हजार कृयाशील सदस्य रहेको जनाइएको छ । गच्छादारले २०० जना महासमिति सदस्य पाउनु भएको छ भने हालसम्म पनि केन्द्रीय सदस्यको टुंगो लाग्न सकेको छैन।

केन्द्रदेखी स्थानीय तहसम्म जिम्मेवारी बाँडफाँडका बिषयमा पटक पटक बसेका केन्द्रीय समिति बैठकले टुंगो लगाउन सकेको छैन । जिम्मेवारी बाँडफाँड कसरी गर्ने भन्नेबारे छुट्टै समिति समेत बनेको थियो ।

तर पनि समितिले अझै निश्कर्ष निकाल्न सकेको छैन । पार्टी भित्रको गुट उपगुटका कारण व्यवस्थापनमा कठिनाई हुँदा एकिकरण भएको यतिका बर्षसम्म पनि समायोजन हुन नसकेको केन्द्रीय नेताहरु बताउँछन् ।

तर कतिपय केन्द्रीय नेताहरु भने आन्तरीक गृहकार्य लगभग पुरा भएको र यसलाई केन्द्रीय समिति बैठकबाट निर्णय गरी टुंगो लगाउने केन्द्रीय नेता नबिन्द्रराज जोशीले जानकारी दिनुभयो ।

पार्टी एकिकरण भएको दुई बर्षसम्म पनि नेतृत्वले उचित व्यवस्थापन गर्न सकेको छैन । गुट उपगुटका कारण पार्टी भित्र बढ्दो बिबादको अवस्थामा पुरानै सदस्यहरुको व्यवस्थापन गर्न नसकेको कांग्रेसले उपसभापति गच्छादार नेतृत्वको करिब २५ हजार कृयाशिल सदस्यको व्यवस्थापन गर्न पनि समस्या देखीएको छ ।