खानेपानी छैन, सरकार रेलको कुरा गर्छ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

खानेपानी छैन, सरकार रेलको कुरा गर्छ

sashanka-koirala

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा भ्रष्टाचार चरम सीमामा पुगेको बताएका छन् । प्रेस युनियन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले हरेक क्षेत्रमा भ्रष्टाचारले सीमा नाघेको बताएका हुन्। ‘हरेक क्षेत्रमा भ्रष्टाचार छ। तीन तहको सरकार छ।

तीनै तहमा यति धेरै भ्रष्टाचार छ। करप्सन भनेको देशका लागि अत्यान्तै नराम्रो पक्ष हो,’ उनले भने। कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभामा बोल्दै उनले देशमा खानेपानी नभएका बेला सरकाले रेल ल्याउने सपना बाँडेको भन्दै आलोचना गरे। ‘समृद्धिका लागि नीति तर्जुमा गर्नुपर्छ, जुन यो सरकारले गर्न सकेको छैन।

त्यसैले यो समृद्धिको नारा मात्रै हो। यो सरकार समृद्धितर्फ जान सक्ने सम्भावना देखिएको छैन,’ महामन्त्री कोइरालाले भने, ‘खानेपानीको त यत्रो अभाव छ। पानीजहाज र रेल ल्याएर के गर्ने ! यसले कत्तिको फाइदा गर्छ, झन् ऋणमा डुब्छौँ कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ।’ यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।