बेलायतकाे टूर कम्पनी थोमस काेकद्वारा टाट पल्टिएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

बेलायतकाे टूर कम्पनी थोमस काेकद्वारा टाट पल्टिएको घोषणा

विश्वभर रहेका २१ हजार कर्मचारीको जागिर गुम्यो

एजेन्सी, ६ असोज । बेलायतको १ सय ७८ बर्ष पुरानो टूर कम्पनी थोमस काेकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरेको छ । थोमस कूकले कम्पनी जोगाउन २५ करोड अमेरिकी डलर ऋण नपाएपछि सोमबार टाट पल्टिएको घोषणा गरेको हो ।

कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग परामर्श गरेपनि ऋण व्यवस्थापन गर्न नसकेपछि टाट पल्टिएको घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

थोमस कूक टाट पल्टेपछि हाल विदेशमा यात्रा गरिहेका र १ लाख ५० हजार बेलायती नागरिकलाई असर पर्ने बेलायत सरकारले बताएको छ । बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए ।

यी चार्टर विमानले अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए । थोमस कूक टाट पल्टेको घोषणाले विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि गएको छ ।

जसमा ९ हजार बेलायती नागरिक छन् । थोमस कूकका विश्वभर ६सय जति ट्राभल स्टोरहरु थिए । कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);