ग्यास र हवाइ इन्धनको मुल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

ग्यास र हवाइ इन्धनको मुल्य घट्यो

gas silindar

काठमाडौं, ३ असोज । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर निगमले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको हो ।

निगमले ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ । निगमले अन्तराष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ ।

निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तराष्ट्रिय तर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

पाइपलाइनमार्फत इन्धन आउन लागेपछि यसअघि निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको थियो। तर, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको थियो। घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);