काठमाडौं, ३ असोज । सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिइएको छ ।
चाडपर्वका बेला व्यापारीले चिनीको कृत्रिम अभाव बनाई मूल्यवृद्धि गर्न सक्ने आशंका गर्दै सरकारले बजारमा हस्तक्षेप गर्न सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको हो ।