सरकारले जनताकाे रगत र पसिनाबाट बनेको संविधानलाई कमजोर बनायाे : सिटौला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सरकारले जनताकाे रगत र पसिनाबाट बनेको संविधानलाई कमजोर बनायाे : सिटौला

krishna-sitaula

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाउनु भएको छ ।

जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको काँग्रेस नेता सिटौलाको भनाई छ ।

उहाँले सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैंले विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरु पनि लाग्नुपर्ने बताउनु भयो । काँग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);