विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक

dinesh thapaliya

काठमाडौं, २ असोज । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको जनाएको छ ।

बिहिबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताउनु भएको हो । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको निष्कर्ष छ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन भईरहेको समेत बताउनुभयो । उहाँले त्यसका लागि अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यवधिक गर्ने काम सुरु गरिएको समितिलाई जानकारी गराउनु भयो ।

२१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);