सुन तस्करी नियन्त्रण गर्न सरकार डराईरहेको सांसदहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

काठमाण्डौँ, २५ भदौ । सांसदहरुले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।

 

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराईरहेको आरोप समेत लगाए । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै उनले सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भिर नदेखिएकोमा आपत्ति पनि जनाए ।

 

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अकवाल अहमद साहले मुलुकलाई सुशासन दिन सरकार पूर्णतः असफल भएको आरोप लगाए । उनँले सुन तस्करी नियन्त्रण गर्ने विषयमा सरकार गम्भिर नदेखिएको आरोप लगाए । सांसद साहले सुन तस्करी नियन्त्रणका लागि भन्सार र सुरक्षा निकायबीच आवश्यक समन्वयन गराउन पनि सरकारलाई सचेत गराए ।

 

नेपाल परिवार दलकी सांसद मिलन राजवंशीले ठूल्ठूला नाकाबाट सुन तस्करी हुँदा समेत त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नदेखिएको आरोप लगाए । उनले सिमा नाकामा कडा चेकजाँचको व्यवस्था गरी सुन तस्करी नियन्यण गर्न पनि सरकारसँग माग गरे ।

 

पछिल्लो पटक गत सोमबार काठमाडौंको क्षेत्रपाटीबाट ८८ अबैध सुन बरामद भएको थियो । सांसदहरुले सोही घटनामा संलग्न तस्करहरुलाई नियन्त्रण लिई कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);