यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिने कांग्रेसको अडान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिने कांग्रेसको अडान

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ ।

पार्टी संसदीय दलका नेता समेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिनु भएको पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनु भयो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धि विधेयकमा नेपाली काँग्रेसका सांसदहरुले फरक मत राखि अघि बढ्न दिएका छैनन् । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ ।

सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराउनु भयो । बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);