सामाजिक सुरक्षाको दायरामा आउन सबै श्रमिकलाई सरकारको पुनःआह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

सामाजिक सुरक्षाको दायरामा आउन सबै श्रमिकलाई सरकारको पुनःआह्वान

gokarna bista

काठमाडौं, १ असाेज । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गर्नुभएको हो ।

उहाँले सरकारको सो अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो । सरकारी तथ्यांक अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिकलाई न्यूनतम तलव समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।

मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराउनु भयो ।

मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);