एलजीबीटीआई व्यक्ति आफ्नै परिवार तथा शैक्षिक क्षेत्रबाट बञ्चित ! कहिले सम्म ? | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

एलजीबीटीआई व्यक्ति आफ्नै परिवार तथा शैक्षिक क्षेत्रबाट बञ्चित ! कहिले सम्म ?

mitini

काठमाडौं, १ असोज । युयन डिपीको सहयोगमा संसदहरु संगको अन्तरक्रिया कार्यक्रम मितिनी नेपालले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुसँग आयोजना गरेको छ । उक्त कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका संसदहरु, विभिन्न क्षेत्रमा आवद रहनुभएका पत्रकारहरु लगायत मितिनी नेपालमा आवद्ध एलजीबीटीआई समुदायका सबै व्यक्तिहरुका साथै अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरु समाजमा आफ्नो यौनिकताको कारणले हरेक क्षेत्रमा पछाडि पर्दै गएको साथै परिवारले आफ्नो यौनिकताको बारेमा साथै आफ्नो बारेमा प्रष्ट नबुझी दिदाँ आफु शैक्षिक क्षेत्रबाट समेत बञ्चित हुदै जानु परेकोमा एलजीबीटीआई समुदायका ब्यक्तिहरुले उक्त कार्यक्रममा गुनासो पोख्नु भएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद खगराज अधिकारीले नेपालमा नागरिक अधिकारको कुरा गर्दा दण्डीत हुनु पर्ने अवस्था स्मरण गर्दै भने, ‘जनताको अधिकारको कुरा गर्दा हामीले जेलनेल खेप्यौं । अहिले यौनिक अल्पसंख्यकहरुले आफ्नो अधिकार खोजिरहेका छन् । यस्तो संघर्षमा हाम्रो साथ छ । कम्तिमा अहिले खुला रुपमा अधिकार माग्न त पाइएको छ ।’

आफ्नो क्षेत्रबाट यस समुदायका लागी काम एवंम सहयोग गदै आएको र आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा कसरी आगामी आर्थिक वर्षमा यस समुदायका ब्यक्तिहरुलाई समेटनुको साथै अगाडी बढ्न के कसरी सहयोग गर्न सकिन्छ । यस विषयमा आफुहरुले गम्भिर रुपमा सोचेर अगाडी बढ्ने र यस समुदायका समस्याहरुको बारेमा सोचनिय रुपमा नै अगाडी बढेर सहयोग गर्ने कुरा उपस्थित सबै संसदहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रियामा हित बहादुर तामाङ, सरीता न्यौपाने, रेखा कुमारी, जीवनराम श्रेष्ठ, खगराज अधिकारी, चित्रलेखा यादव, गजेन्द्र बहादुर महत लगायतका संसदहरुको प्रमुख उपस्थिती रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);