एजेन्सी, १ असोज । अफगानिस्तानका दुई स्थानमा भएको बम विस्फोटबाट ज्यान गुमाउने संख्या ३० पुगेको छ भने ४५ जना घाइते भएका छन् । मंगलबार अफगानि राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्याली नजिकै विष्फोट हुँदा २४ जनाको राजधानी काबुल नजिकै भएको बम विस्फोमा १४ गरी ३१ जनाको मृत्यु भएको हो ।
परवान प्रान्तको चारिकर शहरको चुनावी र्यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
बम विष्फोटको जिम्मा इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । तालिबानले विज्ञप्ति जारी गर्दै दुबै आक्रमणको जिम्मा लिएको हो । विज्ञप्तिमा तालिबानले पटक–पटक मानिसहरुलाई चुनावी र्यालीमा नजान उर्दी जारी गरेकाले आक्रमणका पीडितहरु आफ्नो अवस्थाका लागि आफैं जिम्मेवार रहेको जनाएको छ ।