शेयरमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्री खतिवडाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

शेयरमा लगानी बढाउन वित्तिय संस्थालाई अर्थमन्त्री खतिवडाको आग्रह

yub raj khatiwada

काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आग्रह गर्नु भएको छ ।

कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व कायम भएकाले सेयर बजारमा लगानी गर्न अनुकूल समय रहेको बताउनुभयो । सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

उहाँले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिनु भयो । अर्थमन्त्री खतिवडाले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।