एजेन्सी, ३१ भदौ । संयुक्त राष्ट्रसंघको ७४ औँ महासभा अमेरिकी महानगर न्यूर्योकस्थित विश्व संस्थाको प्रधान कार्यालयमा मंगलबारदेखि सुरु हुँदैछ । गरीबी निवारण, स्तरीय शिक्षा जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा महासभामा बहसको विषय हुनेछ ।
महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् । जसमा विश्वव्यापी स्वास्थ्य सरोकार,दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख साना टापू देशका प्राथमिकता सम्बोधन तथा तिनको प्रगतिको समीक्षा हुनेछ । सहस्रांब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तन, अल्पविकसित मुलुकका चासो, मानवअधिकार, निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको विश्वव्यापी स्थितिबारे पनि बैठकमा बहस हुनेछ । उक्त महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल यही असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्दैछ ।