रफायल नाडाललाई यूएस ओपन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

रफायल नाडाललाई यूएस ओपन टेनिसको उपाधि

rafael tennic

एजेन्सी, २३ भदौ । यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि स्पेनिस खेलाडी रफायल नाडालले जितेका छन् । ३३ बर्षिय नाडालले पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका रसियन खेलाडी डेनील मेदभेदेभलाई ३–२ को सेटमा हराउँदै चौथो पटक उपाधि उचालेका थिए ।

पाँचौ बरियताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपुर्ण रुपमा जित निकालेका हुन् । सुरुवाती दुई सेट नाडालले जितेपनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै उनलाई कडा प्रतिस्पर्धा दिएका थिए ।

तर, अन्तिम सेटमा नाडालले ६–४ को सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । नाडालले यसअघि सन् २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए । यो संगै उनी १९ औ ग्रान्डस्लाम उपाधि जित्न सफल भएका छन् । नाडाल अब रोजर फेडेररको २० औ ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडि छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);