काठमाडौं, २३ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइ पुगेका छन् । राष्ट्रपति सी जिनपिङको नेपालमा हुने भनिएको भ्रमणको तयारीका लागि वाङ आएको बताइएको छ ।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चीनको तर्फबाट भएको यो उच्च स्तरिय औपचारिक राजनीतिक भ्रमण हो । उनले आज दिउँसो ३ः३० बजे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता गर्ने छन् । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ ।
साँझ ५ बजे विदेशमन्त्री वाङ र प्रधानमन्त्री केपी शर्मा ओली विचको भेट बालुवाटार हुनेछ । साँझ ६ बजेपछि वाङ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नेछन् । तीन दिने औपचारिक भ्रमणमा आएका वाङको मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।