यस कारण गरिन्छ सिटी स्क्यान, जानी राखौं (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यस कारण गरिन्छ सिटी स्क्यान, जानी राखौं (भिडियोसहित)

ct scan

काठमाडौं, २२ भदौ । शरीरको विभिन्न अंगहरुको जाँच एउटा प्रक्रिया हो सिटी स्क्यान । यो जाँच सामान्य एक्स्रे जस्तै हुन्छ तर एक्स्रेको तुलनामा सिटी स्क्यान धेरै आधुनिक हो र यसले एक्स्रे भन्दा धेरै जानकारी दिन्छ । सिटी स्क्यानका सहायताले शरीर भित्रका हड्डी, नसा र तन्तुहरुको जाँच गरिन्छ । सिटी स्क्यानका लागि विरामीहरुलाई मिसिन भित्र सुताईन्छ । यो मिसिनको आकार सुरुङ् जस्तै हुन्छ ।मिसिनको भित्रि भाग विभिन्न एन्गलमा घुम्ने गर्दछ । र जाँच गर्नुपर्ने अंगहरुमा जाँच र कम्प्युटरको सहायताले अलग – अलग चित्र लिने गर्दछ । लिएको चित्रलाई मिलाएर अंगहरुको मल्टी ईमेज बनाएर विरामीहरुको जाँच लिने गरिन्छ ।

सामान्य एक्स्रेमा अंगहरु कुन अवस्थामा छन् भनेर मात्र थाहा पाउन सकिन्छ । तर, सिटी स्क्यानले माध्यमबाट अंगहरुको स्थितीको अलवा अन्य रोगहरु कुन स्टेजमा छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । सिटी स्क्यान गर्नु अघि धेरै कुरामा ध्यान दिनुपर्दछ । सिटी स्क्यान गर्ने रेडियोग्राफरलाई विरामीको सम्पुर्ण हिस्ट्री थाहा पाउँछ । विरामीले उपचार गराउनु पूर्व अघिल्लो रात बाह् बजेपछि केहि खान हुदैन । औषधी दिएर जाँच लिने विरामीहरुको हबमा यो विशेष लागु हुन्छ ।  सिटी स्क्यानबारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले रेडियोटेक्नोलोजिस्ट मदन गौतम संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);