भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने तयारी

काठमाडौं, २० भदौ । सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल संचालन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।

विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले जानकारी दिनु भयो ।

विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नु भयो ।

उहाँले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारलाई प्रश्न गर्नु भयो ।

त्यसैगरी समितिका अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कार्वाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);