वायुसेवा निगमका डेढ दर्जन कर्मचारी : आधा करोड सक्न विदेश भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

वायुसेवा निगमका डेढ दर्जन कर्मचारी : आधा करोड सक्न विदेश भ्रमणमा

काठमाडौँ, २५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ।

जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो, भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका छन्।

तीमध्ये केहि जाने तयारीमा छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फर्कीसकेका छन्। आजको नागरिक दैनिकमा खबर छ।