आजबाट उठ्दैछ उपत्यकाको फोहोर : यसरी मिल्यो कुरा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौँ, २५ भदौ । आजबाट काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर  उठ्ने भएको छ। ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो। शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जानकारी दिएको छ।

ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए।

महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर बार्षिक ५० रुपैयाँ दिँदै आएकोमा नयाँ आर्थिक बर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फोहोर फाल्न अवरोध गरेका थिए। आजको नेपाल समाचारपत्रमा खबर छ।