काठमाडौं, १९ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना गरिएको छ । मन्त्री खनाललाई बुधबार दिउँसोदेखि राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्री खनाललाई मंगलबारदेखि हल्का ज्वरो आएको थियो । ज्वरो आएपछि मन्त्री खनाल मंगलबार उपचारका लागि बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नु भएको थियो ।
अस्पतालले डेंगु लागेको भनेपछि उहाँ ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको हो । मन्त्री खनालको स्वास्थ्य समान्य रहेको जनाइएको छ ।