अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द

m16 gun

काठमाडौं, १४ भदौ । अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो । ‘हाम्रो कानुनले पैसा किस्ताबन्दीमा तिर भन्छ, तर अमेरिकी कानुनमा पैसा पहिल्यै र एकैपटक तिर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैले गर्दा एम–१६ किन्न सकिएन ।’

उनका अनुसार बदलामा कोरियाली हतियार किन्ने सम्झौता भइसकेको छ । अमेरिकासँग झैं कोरियासँग हतियार किन्ने सम्झौता पनि जीटूजी (सरकारले सिधै अर्को सरकारसँग खरिद गर्ने काम) प्रक्रियाबाट भएको पाण्डेले बताए । दक्षिण कोरियासँग नेपाली सेनाले अन्य युद्ध सामग्री किन्ने गरेको भए पनि राइफल किन्न लागिएको यो पहिलो पटक हो । यसअघि अमेरिकासँग एम–१६ किन्दा सार्वजनिक खरिद ऐनको प्रावधान संशोधन गरेर किनेको पृष्ठभूमि भए पनि हाल त्यो सम्भव नभएकाले खरिद सम्झौता रद्द गर्नुपरेको रक्षा मन्त्रालय स्रोतको दाबी छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);