काठमाडाैं, १३ भदाै । सरकारविरुद्ध निहु खोज्दै आएको मुख्य विपक्षी दल नेपाली कांग्रेसले अब संबिधान संसोधनको मुद्दालाइ अघि सारेको छ । गत असार २२ गतेदेखी जारी कांग्रेसको केन्द्रीय समितिको बैठक मार्फत सहमहामन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधनको एजेण्डा अघि बढाउनु भएको छ ।
संविधान संशोधनको विषयमा पछिल्लो समय मौन जस्तै बसेको कांग्रेसले अहिले एकाएक केन्द्रीय समिति बैठकमा संविधान संशोधनको विषय अघि सारेको छ । मधेस, आदीवासी, जनजातीको मुद्दालाई संशोधन गर्नेगरी संबिधान संशोधन गर्नुपर्ने माग राखेको पार्टीका प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसले केन्द्रीय समितिको बैठकमै संविधान संशोधनको एजेण्डा अघि सारेपछि अब मधेशवादी दल र कांग्रेस एउटै कित्तामा उभिएका छन् । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने, मात्रृभाषामा सरकारी कामगर्न पाइनुपर्ने, प्रदेशको सिमांकन हेरफेर गरिनुपर्ने बैबाहीक नागरीकता प्राप्त व्यक्तिलाई अधिकारमा कटौती गर्न नपाइने लगायतका विषय मधेशवादी दलले उठाउंदै आएका छन् ।
त्यही मुद्दालाई बल पुग्ने गरी कांग्रेसले पनि साथ दिएको छ । कांग्रेससंग ऐजेण्डा मिलेमा कार्यगत एकता गरी अघि बढ्ने राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादबले बताउनु भयो ।
संविधान संशोधनबारे समाजवादी र राजपाले पटक पटक संसदमा आवाज उठाउंदै आएका छन् । राजपाको एजेण्डालाई सरकारले औपचारिक बहसको विषय बनाएको छैन ।
जसको कारण राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छ । यद्यपी, त्यही मुद्दा उठाउँदै आएको समाजवादी पार्टी भने सरकारलाई दवाब दिंदै सरकारमै छ ।
सरकारको नेतृत्व गरेको दलको तुलनामा अहिले विपक्षीहरु निकै कमजोर देखिन्छ । तथापी, संविधान संशोधनको मुद्दालाई लिएर विपक्षीहरु फेरी एक पटक सरकारलाई दबाब दिन एकै कित्तामा उभिन लागेका छन् । यो कित्तामा विपक्षीहरु कति उभिन सक्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।