आज कुशे औँशी तथा बाबुको मुख हेर्ने पर्व मनाइदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

आज कुशे औँशी तथा बाबुको मुख हेर्ने पर्व मनाइदै

Gokarneshwor Temple, Gokarna, Father's Day, Kushe Aunshi

काठमाडौं, १३ भदौ । आज कुशे औषी अर्थात बाबुको मुख हेर्ने दिन । देशभर आफ्ना पितालाई बिशेष सम्मान प्रकट गरी मनाइदै छ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने काठमाडौंको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

त्यस्तै, नुवाकोटको बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);