गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित

pokhara

काठमाडौं, ११ भदौ । ‘हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्केगरी पोखरामा जथाभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल देख्न पाउँदिन,’ यो भनाई हो पर्यटनविद् झलक थापाको । ५० वर्षदेखि पोखरालाई राम्रोसँग नियाल्दै आएका उनलाई पोखरामा हाल जथभावी रुपमा बनेका अग्ला घर देख्दा चित्त दुख्न गरेको छ ।

फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।

पोखरामा अग्लाभन्दा राम्रो र आकर्षक प्रायः सबैजसोका घरबाट हिमाल, ताल नजिक हुनेको ताल देखिने घर बनाउन उनले सुझाव दिँदै आउँदा जथवाभी अग्ला घर बन्न थालेपछि २०५३ साल देखि यस विषयमा बोल्न छोडेको उनले बताए । यो  समाचार कारोबार दैनिकमा दीननाथ बरालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);