एजेन्सी, २४ भदौ । कतार र साउदी अरबीयाबीच खाडी संकट बारे छलफल भएको छ ।
केहि महिना अघिबाट कतार र चार खाडी मुलुकको सम्बन्धमा आएको दरारलाई हटाउने बारे छलफल गर्न कतारका अमीर सेख तमिम बिन हमद अल थानीले फोनबाट साउदीका राजकुमारसँग बार्ता गरेको बीबीसीले जनाएको छ । उनले अब साउदी अरबीया लगाएत बहराइन, इजिप्ट र युएइको मागलाई सम्बोधन गर्दै छलफल गर्ने बताइएको छ ।
कतारले अलजजीरा टेलिभिजन नेटवर्क बन्द गर्नपर्ने र इरानसँगको सम्बन्धमा कटौती गर्नुपर्ने लगाएतका माग ती मुलुकहरुले अघि सारेका छन्।
कतारले जिहादी आतंककारी समुहलाई सहयोग गरेको आरोप लगाउँदै अरबिया लगायतका देशले सम्बन्ध बिच्छेदको घोषणा गरेका थिए भने कतारले उक्त आरोपलाई अस्वीकार गर्दै आएको थियो ।