बाघ र हात्ती आतंकको नियन्त्रण गर्न प्रदेश सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

बाघ र हात्ती आतंकको नियन्त्रण गर्न प्रदेश सांसदको माग

बुटवल, ९ भदौ । प्रदेश नं ५ को प्रदेशसभामा बर्दियामा भएको बाघ र हात्तीले आतंक मच्चाएको भन्दै त्यसको नियन्त्रणको माग भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले यही भदौ ६ गते र ८ गते बर्दिया जिल्लाको गेरुवा र ठाकुरबाबामा बाघले दुइ जनाको ज्यान लिएको भन्दै बाघ र हात्तीको आतंक नियन्त्रण गर्न र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य चौधरीले निकुञ्जमा पाटे बाघ देखाएर राज्यले बिश्वमा नाम कमाउने र निकुञ्जको जंगलमार्फत कार्बन उत्सर्जन गरेर आम्दानी लिने तर निकुञ्ज वरपरका जनताको जिउ धनको सुरक्षा किन नगर्ने भनी प्रश्न गरे ।

बिशेष समयमै प्रदेशसभा सदस्य दिपेश थारुले बर्दिया जिल्लामा ६२ घण्टा भित्रमा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको भन्दै मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।

उनले बर्दियामा बाघ मात्र नभएर बगाले हात्तीको समेत आतंक रहेको भन्दै त्यसको नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।