चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित

Rapti

काठमाडौं, ९ भदौ । जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चरम विवादमा छ । कार्यरत २१ जना चिकित्सक (डाक्टर) ले एकैसाथ राजीनामा दिएपछि प्रतिष्ठानमा अर्को विवादको शृंखला दोहोरिएको छ । केही दिनअघि मात्रै २१ जना डाक्टरले सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए ।

नेपाल सरकारबाट नियुक्त चिकित्सक तथा प्रतिष्ठान आफैंले करारमा नियुक्त गरेका चिकित्सकसहित २१ जनाले संयुक्त राजीनामा दिएका थिए । संघीय सरकारमार्फत नियुक्त १२ चिकित्सकलाई राजीनामा स्वीकृतिका लागि प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयमा पहल गर्न आग्रह गरेको छ भने प्रतिष्ठान स्वयंले करारमा नियुक्त गरेका ९ जना मेडिकल अधिकृतलाई सीधै बर्खास्त गरेको छ ।

प्रतिष्ठानका अनुसार गत बिहीबार बेलुका सामूहिक राजीनामा घोषणा गरेका चिकित्सक काममा नफर्किएपछि प्रतिष्ठानले ‘एक्सन’ लिएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);