काठमाडौं केन्द्रित नीतिले अटो व्यवसायमा समस्या | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

काठमाडौं केन्द्रित नीतिले अटो व्यवसायमा समस्या

nada

काठमाडौं, ९ भदौ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा १४औं नाडा अटो सो २०१९ हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको यो मेला सन् १९९८ बाट सुरु भएको हो ।  मेलामा विश्वभर उत्पादन भएका विभिन्न मोडल र नयाँ ब्रान्डका सवारी साधनबारे जानकारी दिइन्छ । मेलामा सवारी साधन पारखीले एउटै छानाबाट सजिलै विभिन्न ब्रान्ड र मोडलबारे जानकारी लिएर खरिद गर्न पाउनेछन् ।

यस वर्ष मेलाको आकर्षण ओभर हेड ब्रिजमा हुनेछ । मेलालाई थप आकर्षक र व्यवस्थित बनाउन पहिलोपटक ओभर हेड ब्रिज बनाइएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसपालिको नाडा अटो सोमा ७५ हजार जनाले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा विशेष गरी इलेक्ट्रिक भेइकल र हाइब्रिड कार प्रदर्शन गरिनेछ । मेला आयोजकका अनुसार मेलामा ९५ वटा कम्पनी सहभागी हुनेछन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);