काठमाडौँ, २४ भदौ । स्कुल पठ्न गएका ७ वर्षीय बालकलाई स्कुल बसका सह चालकले (कण्डक्टर) ले स्कुलकै शौचालयमा अप्राकृतिक रुपमा बलात्कार गरी बालकको हत्या गरेका छन्। सहचालकले शौचालयमा अप्राकृतिक रुपमा बलात्कार गर्दैगर्दा बालकले चिच्याएपछि घाँटी रेटेर हत्या गरी लाशलाई शौचालयमै फालेको रहस्य बाहिर आएको छ ।

भारतको हरियाणामा रहेको रेयान इन्टरनेशनल स्कुलमा अध्ययनरत ती बालकको शव दुई दिनअघि स्कुलको शौचालयमा भेटिएको थियो। बालक स्कुल पुगेको १५ मिनेटपछि नै आफुँले बलात्कार गरी हत्या गरेको आरोपी स्कुल बसका कण्डक्टरले स्वीकारेका छन्।
हत्यापछि दैनिक भास्करले लिएको भिडियो
बालकको घाँटी र कान काट्टिएको अवस्थामा बच्चाको शव भेट्टिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।