ला लिगामा आज रियल मड्रिड र रियल भालाडोलिट भिड्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

ला लिगामा आज रियल मड्रिड र रियल भालाडोलिट भिड्ने

real vs valladolid

एजेन्सी, ७ भदौ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले शनिबार राति रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दैछ । रियल मड्रिडले घरेलु मैदान सान्टियागो बेर्नब्युमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी भालाडोलिटको सामना गर्न लागेको हो ।

रियल र भालाडोलिटबीचको खेल नेपाली समय अनुसार शनिवार राती १० : ४५ बजे सुरु हुनेछ । सान्टियागो बेर्नाबेउमा पाहुना टोली भालाडोलिट विरुद्ध मैदान उत्रदा रियल यस सिजनको ला लिगामा दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा सेल्टा भिगोलाई ३—१ गोल अन्तरले पराजित गरेको रियल भालाडोलिटसँग स्पस्ट जित निकाल्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । तर, जिनेदान जिदानको टोलीलाई केहि मुख्य खेलाडीको अभाव हुनेछ ।

अघिल्लो खेलमा रातो कार्ड पाएका लुका मोड्रिच मैदान उत्रने छैनन् भने यसै सीजन चेल्सीबाट रियल आएका इडेन हजार्ड चोटको कारण प्लेईङ सेट बाहिर रहेका छन् । जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा खेलाउने सम्भावना रहेको छ । प्रि—सिजनमा अधिकांस समय टिम बाहिर रहेका बेलले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यता, भालाडोलिट पनि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रने छ । पहिलो खेलमा रियल बेटिसलाई २—१ ले हराएको भालाडोलिट, रियललाई पनि उसैको मैदानमा हराउने योजनामा रहेको छ । ला लिगा अन्तर्गत नै शनिबार इबरले ओसासुनासँग खेल्नेछ । त्यस्तै गेटाफेले एथ्लेटिको बिल्बाओसँग खेल्दा सेल्टा भिगो र भ्यालेन्सियाबीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);